सूचनाको शक्ति - The Power Of Information

        

सुडानमा भएको हवाई हमलामा ३० जनाको मृत्यु

सुडानमा हवाइ हमला हुँदा ३० जनाको मृत्यु भएको छ ।

राजधानी खार्तुमको दक्षिणी इलाकामा भएको हवाई आक्रमणमा दर्जनौं घाइते भएका छन् ।

सुडानको सैन्य विमानले कुरो बजार क्षेत्रमा बमबारी गर्दा ३० जनाको मृत्यु भएको बताइएको छ ।

सुडानी सेना र अर्धसैनिक बल र्‍यापिड फोर्सबीच गत अप्रील १५ देखि सुरू भएको द्धन्द्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डार्फरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ ।

युद्धमा परी हजारौँको मृत्यु भएको छ भने लाखौँ पलायन भइसकेका छन् । स्थिती नियन्त्रणका लागि हजारौं सेना तैनाथ गरिएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ०७:३३

लोकप्रिय