सूचनाको शक्ति - The Power Of Information

        

हुलाक कार्यालय बाँकेका प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार

जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डे निजामती सेवा पुरस्कार २०७९ बाट सम्मानित भएका छन् ।

निजामत िसेवा दिवस २०८० का अवसरमा निजामती सेवा दिवस मुल समारोह समितिद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नगद पचास हजार पुरस्कार र ताम्रपत्र प्रदान गरेका हुन् ।

हरेक कार्य क्षेत्रमा तोकिएका कामहरु इमान्दारी पूर्वक सेवाग्राही केन्द्रित भएर उत्कृष्ट कार्य सम्पन्न गरेकोले उनलाई पुरस्कृत गरिएको हो ।

हुलाक कार्यालयमा कार्यरत पाण्डेले परिवर्तनशील धारबाट हुलाकमा गरेका सुधार तथा विगतमा वाणिज्य कार्यालयमा सेवा प्रवाह तथा उपभोक्ता हितका क्षेत्रमा गरेको परिवर्तनमुखी काम, कोहलपुर नगरपालिका लगायतका स्थानीय तहमा गरेको संस्थागत सुधार गरेकोले उनलाई पुरस्कृत गरिएको हो ।

साथै वातावरण तथा सरसफाई, सडक विस्तार तथा सीप र क्षमता विकास अभियानहरुले आफु पुरस्कृत हुने थप आधार भएको उनले बताए । उनले पुरस्कारले आफुमा थप हौसला बढेको समेत प्रतिक्रिया दिए ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतवार १८:३५

लोकप्रिय