सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी खेलाडी कोको गौफलाई यु.एस ओपन टेनिसको उपाधि

अमेरिकी खेलाडी कोको गौफले यु.एस ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा सम्पन्न फाइनल खेलमा बेलारुसकी अरिना साबालेन्कालाई हराउँदै गौफले करियरमा पहिलो ग्राण्डस्लाम जितेकी हुन् ।

साबालेन्काविरुद्धको खेल गौफले २–६, ६–३ र ६–२ ले जितिन् । यो हारपछि अष्ट्रेलियन ओपन च्याम्पियन साबालेन्काले भने करियरमा दोस्रो ग्राण्डस्लाम उपाधिको लागि प्रतिक्षा गर्नुपर्ने भएको छ । हारका बाबजुद साबालेन्का महिला विश्व वरियताको शिर्ष स्थानमा पुगेकी छन् ।

यता, पुरुषतर्फ उपाधिको लागि नोभाक जोकोभिच र डेनियल मेदबेदेब भिड्दैछन् । सेमिफाइनलमा विश्व नम्बर एक स्पेनिस खेलाडी कार्लोस अल्कराजलाई ३–१ को सेटमा हराउँदै मेदबेदेभ तथा अमेरिकी खेलाडी बेन शेल्टनलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् ।

३६ वर्षका सर्वियन खेलाडी जोकोभिच करियरमा किर्तीमानी २४ औं ग्राण्डस्लाम टेनिसको उपाधि जित्ने अभियानमा रहेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतवार ०९:३५

लोकप्रिय