सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगरपालिकाको साढे चार बर्षे उपलब्धी

कोहलपुर नगरपालिका ‘कर्मचारी भर्ती केन्द्र र भ्रष्टचारको अखडा’

बाँके । सधैं विवादमा आइरहने बाँकेको कोहलपुर नगरपालिकाका स्थानीय तहको निर्वाचनका साढे चार बर्षमा कर्मचारीको भर्ती केन्द्र बनेको छ । केही जनप्रतिनिधि र कर्मचारीहरुको ‘भ्रष्टचारको अखडा’ बनेको कोहलपुर नगरपालिकामा साढे चार बर्षको अवधिमा ११७ जना कर्मचारी भर्ती गरिएको छ ।

निर्वाचित जनप्रतिनिधिहरुले आफ्ना आफ्न्त, नातागोता, नजिकका कार्यकर्ता भर्ती केन्द्रको रुपमा कोहलपुर नगरपालिकालाई विकास गर्दैै लगेका छन् । हाल २४२ कर्मचारी रहेको कोहलपुर नगरपालिकामा स्थायी कर्मचारी ११८ जना, करार कर्मचारी १०७ जना, अस्थायी १ जना रहेका छन् भने ज्यालदारी कर्मचारीका रुपमा ९ जनालाई भर्ती गरिएको छ ।

यी बाहेक सेवा प्रदायक संस्थामार्फत कोहलपुर नगर प्रहरीका नाममा सेक्युरीटि गार्ड कम्पनीबाट ७ जनालाई राखिएको छ । यस्तै एक गैरसरकारी संस्थासँग सम्झौता गरेर १६ जना कर्मचारी हेल्प डेक्सका नाममा कर्मचारी राखिएको छ । यसरी कर्मचारी भर्ती केन्द्रको अखडा बनेको कोहलपुर नगरपालिकामा कार्यालय सहयोगी मात्रै ५० जना रहेका छन् ।

नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बार्षिक नीति, बजेट तथा कार्यक्रम पुस्तकमा भएको तथ्यांक अनुसार कोहलपुरमा कुनै ठाँउमा त्यस्तो फुलबारी रहेको देखिँदैन, तर नगरपालिकाले आफन्त भर्नाको नाममा २ जना मालीसमेत राखेको छ । मापदण्ड विपरित कर्मचारी भर्ना गर्ने तर खर्च अर्कै बाटोबाट गर्ने कोहलपुर नमुना नगरपालिका बनेको छ ।

कोहलपुर–नेपालगन्ज सडक खण्ड कोहलपुर चौराहादेखि बाबानगरसम्म सरसफाई गर्न नगरपालिकाको वातावरण शाखाले ५ जनालाई करिव ४५ दिनसम्म दैनिक ५७७ रुपैयाँका दरले दैनिक ज्यालादारीमा काममा लगाएको शाखा प्रमुख पुरुषोत्तम पोखरेलले वताए । यस्तै नगरपालिकाले ५ जना कुचिकार, १ जना स्वीपर पनि राखेको तथ्यांक छ ।

यता कोहलपुर बजारमा सरसफाई गरेवापत प्रतिसटर मासिक १५० देखि १५०० सम्म जटायू रिसाईकल्स प्रालिलाई दिने गरेको व्यापारीहरुले बताउँछन् । कोहलपुर नगरपालिकाले मेलमिलाप संयोजक २ जना, समाजिक परिचालक २ जना जनही मासिक २२ हजार ५०० रुपैयाँका दरले तलब दिँदै आएको पनि उक्त पुस्तकमा देखिन्त्छ ।

यसरी नगरपालिकालाई कर्मचारी भर्ती केन्द्रको अखडा बनाएर जनताले तिरेको करको चरम दुरुपयोग गरिरहेको पनि पुस्तकमा देखिन्छ । कोहलपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु पटक–पटक सरुवा हुनुको मुख्य कारण कर्मचारी भर्ना पनि भएको नगरपालिका श्रोतको दाबी छ । नगरपालिकाले विभिन्न बहानामा सार्वजनिक सुनुवाई समेत गरेको छैन ।

कोहलपुर नगरपालिकाले चार वर्षसम्म लेखा समितिसम्म नबनाएर समय बिताएको देखिन्छ । नगरपालिकाले नगर प्रमुख तथा उपप्रमुखका स्वकीय सचिव, प्रेस सल्लाहकार र कानूनी सल्लाहकार नियूक्ति गैरकानूनी रुपमा राखेको महालेखा परिक्षकको प्रतिवेदन देखाएको छ । महालेखाको प्रतिवेदनले उनीहरुलाई भुक्तानी गरिएको तलव भत्ता बेरुजुमा देखाएको छ ।

महालेखाले बेरुजु देखाएको उक्त रकम हालसम्म नगरपालिकाले असुल उपरसमेत गरेको देखिँदैन । नेपालकै उत्कृष्ट नगरपालिका बनाउने नारा जप्दै आएका कोहलपुरका जनप्रतिनिधिहरुले आफैले परिकल्पना गरेको ‘हरित संगमस्थल हाम्रो शहर, सुन्दर र समृद्ध कोहलपुर नगर’ नाराकै बदनाम गरिरहेका छन् ।

नगरपालिकाका केही भ्रष्ट जनप्रतिनिधि र कर्मचारीकै कारण काम गर्ने वातावरण नरहेको र सरकारी कर्मचारी विधीअनुसार चल्नुपर्ने भए पनि जनप्रतिनिधिले आफू अनुकुल चलाउन खोज्दा समस्या हुने गरेको केही कर्मचारीहरु बताउँछन् । नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीको ‘कमाउधन्दा चलाउने अड्डा’ बनेको छ ।

त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कोहलपुर नगरपालिकाका एक दर्जनभन्दा बढी मुद्दाहरु परेका छन् । कोहलपुर नगरपालिकामा केही ठुला योजनाहरु मापदण्ड विपरित सञ्चालन हुँदै आएका छन् । नगरपालिकामा हुने चरम अनियमिता रोक्न खोज्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत कोहलपुरमा टिक्न सक्दैनन् ।

अनियमितता रोक्न खोज्दा नगरपालिकामा आएको पाँच महिनामै प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीको सरुवा भएको थियो । केही जनप्रतिनिधि र कर्मचारीहरुको ‘भ्रष्टचार’को अखडा बनेको कोहलपुर नगरपालिकामा जनप्रतिनिधि आएको साढे चार वर्षमा नौं जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

कोहलपुर नगरपालिकाका मेयरसँग नजिक बन्दै ‘आसेपासे’हरुले ‘हाकिम’लाई अनावश्यक कार्य गर्न दबाव दिँदै चरम आर्थिक घोटालामा लिप्त हुने गरेको पनि यसअघिका प्रमुख प्रशासकीय अधिकृतहरु बताउँछन् । केही जनप्रतिनिधि र कर्मचारीहरुको मिलेमतोमा अर्थहीन योजनामा बजेट खर्च सरकारी ढुकुटीमाथि ब्रह्मालुट भइरहेको छ ।

कोहलपुरमा चाकडी, चाप्लुसी गर्नेहरुको हालिमुहाली भएकाले कोहलपुरको दिगो विकास हुन नसकेको कोहलपुरबासीहरु बताउँछन् । कोहलपुर नगरपालिकाको अर्को मुख्य समस्या भनेको विभिन्न विषयगत शाखामा करोडौं रकम विनियोजन गर्ने र आफु अनुकुलका संघसंस्था, व्यक्ति फर्मलाई बर्षेनि मोटो रकम दिएर भ्रष्टाचार गर्दै आएको पनि नगरपालिका स्रोत बताउँछ ।

सम्बन्धीत समाचारहरु :

 

कोरोनाको भुँग्रोमा कोहलपुरबासी, लाज पचाउँदै उद्घाटनतिर ‘मेयर लुटबहादुर’

 

कोहलपुर नगरपालिकामा काण्डैकाण्ड, ‘१७ कोठामा, ३० वटा एसी’

 

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिका, ‘अनियमितता लुकाउन भ्रामक विज्ञप्ती’

 

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिकाभित्रका तीन पात्र, ‘छवि, दिल र अग्नी’

 

भ्रष्टाचारको दलदलमा कोहलपुर, जनप्रतिनिधिको ‘कालो झोलामा’ नगरपालिका

 

बदनाम कोहलपुर नगरपालिका : ‘जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चलाउने अड्डा’

 

कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च

 

कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?

 

कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

 

कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र

 

कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’

 

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’

 

स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार

 

भ्रष्टाचार छानबिनको माग गर्दै कोहलपुर नगरपालिका तालाबन्दी

 

स्थानीय तहमा चरम बेतिथि : साढे चार बर्षमा कोहलपुरमा फेरिए नौं जना ‘हाकिम’, प्रमूख कारण भ्रष्टाचार

 

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार १५:५७