Loading... आजः २१ फाल्गुन २०७७, शुक्रबार
राजनीतिक विभेदको आरोप

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’
राजनीतिक आस्थाका आधारमा दुख दिएको भन्दै कोहलपुर नगरपालिकामा भूमिहीनको धर्ना ।

बाँके । स्थानीय तहको निर्वाचनमा जित हासिल गरेर कार्यभार सम्हालेदेखि विवादमा आइरहेका कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत यतिबेला फेरि अर्को बदमासी सार्वजनिक भएको छ ।

केही महिनाअघि हाइमास्टमा बत्ति बाल्न विद्युत प्राधिकरणको सहमतिविनै विद्युत चोरीको आरोप लागेको नगरपालिका र विकास निर्माण छाडेर सरकारी सम्पतिको चरम दोहनमा सक्रिय भएको आरोप खेपिरहेका मेयर रावतको अर्को बदमासी सार्वजनिक भएको छ ।

नगरपालिकामा दर्जनबढी गाडी हुँदाहुँदै लाखौं मुल्यका विलासिताका नयाँ गाडी खरिद गरेर सरकारी सम्पतिमा लुट मच्चाएको आरोप साताअघि मात्रै खेपिरहेका मेयर रावत अहिले आफनै नगरका बासीन्दालाई विभेद गरेको अर्को आरोपमा फसेका छन् ।

कोहलपुर नगरपालिका–११ का केही स्थानीय नेकपाभन्दा फरक आस्थाको राजनीतिमा सक्रिय देखिएपछि मेयरले सरकारी सेवा नै रोकेको काँग्रेस निकट नेता तथा कार्यकर्ताले खुलासा गर्दै उनीहरुले नगरपालिका घेराउ गरेका छन् ।

कोहलपुर नगरपालिका–११ स्थित लोकनगरमा रहेका अव्यवस्थित भूमिहिन तथा सुकुम्बासीले मेयर रावतको उदासिनता, मनखुशी, बदमासी र लुटतन्त्रका तथा विभेदका कारण आफूहरूले सरकारी सेवा सुविधा नपाएको भन्दै नगरपालिका घेराउ गरेका छन् ।

अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी समितिले अव्यवस्थित भूमिहिन दलित तथा सुकुम्बासीको लगत तत्काल लिनुपर्ने, बसाईसराई लगायत व्यक्तिगत घटना तत्काल दर्ता गरि दिनुपर्ने, विवाह, जन्मदर्ता गर्नुपर्ने र नगरपालिका क्षेत्रमा बसोबास गर्ने अव्यवस्थित तथा सुकुम्बासीको पहिचान गरी तत्काल स्थायी समास्या समाधानका लागि पहल गर्नुपर्ने लगायतका माग राखेको छ ।

तर, उनीहरूका यी मागप्रति मेयर रावत र नगरपालिकाका जनप्रतिनिधि उदासीन देखिएका छन । उक्त जग्गा कोहलपुर नगर विकास समितिको नाममा रहेकाले तत्काल सो क्षेत्रमा लगत संलन गर्न नसक्ने कोहलपुर नगरपालिका बताउँछ ।

तर, मेयर रावतले राजनीतिक आस्था र विभेदका आधारमा स्थानीयलाई दुख दिदै आएको सुकुम्वासीको आरोप छ । कोहलपुर नगरपालिकाका मेयर रावतले भने आफूले राजनीतिक आस्थाका आधारमा कसैलाई पनि सरकारी सेवा सुविधाबाट बन्च्ति नगरेको जिकिर गरेका छन् ।

उनले नगर विकासको नाममा रहेको जग्गा भएकाले उनीहरूको माग तत्काल सम्बोधन गर्न कठिन भएको पनि बताएका छन । सरकरी सम्पति दोहन गरी नयाँ गाडी खरिद र हाइमास्टमा चोरीको विजुली बालेको आरोपमा प्रतिक्रिया नदिएका मेयर रावतले यतिबेला भने राजनीतिक आसथाका आधारमा सेवा रोकेको हल्ला गलत भएको स्पष्ट पारेका छन् ।