Loading... आजः ३१ जेष्ठ २०७८, सोमबार
स्थानीय तहमा विचित्रको सुशासन

कोहलपुर नगरपालिकामा काण्डैकाण्ड, ‘१७ कोठामा, ३० वटा एसी’

नगरपालिका कार्यालयका बाहिरी भित्तामा झुण्ड्याइएका एसीका पंखाहरु परेवाका गुँड झैं देखिन्छन् ।
कोहलपुर नगरपालिकामा काण्डैकाण्ड, ‘१७ कोठामा, ३० वटा एसी’

बाँके । ‘नागरिकलाई औषधि र अक्सिजन छैन, कोहलपुर नगरपालिका कार्यालयले आफ्नै कार्यालयमा तीन दर्जन बढी एसी जडान गरेको छ । सबै गरेर झन्डै ५० भन्दा बढी एसी खरिद र जडान गरिएको छ,’ नेपाली काँग्रेस कोहलपुर नगर समितिका सचिव भूमबहादुर भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा आलोचनात्मक स्टाटस लेखे ।

सचिव भण्डारी कोहलपुर नगरपालिकामा हुने अपारदर्शी कामहरुमा सधैं खबरदारी गर्दै आएका छन् । जनप्रतिनिधि र कर्मचारीको विलासितामा करोडौं रकम खचिँदै आएको नगरपालिकाले तीन दर्जन बढी एसी जडान गर्नु कुनै नयाँ र रचनात्मक कार्य भने होइन । जनप्रतिनिधि आएदेखि काण्डैकाण्ड र विवादित बन्दै आएको नगरपालिकाका लागि यो कर्तुत हो ।

विकास निर्माणसँगै, कोहलपुर चौराहदेखि भ्युटावर हुँदै गाडी खरिद प्रक्रियामा समेत विवादित बनेको नगरपालिका यतिबेला एसी काण्डमा मुछिएको छ । कोहलपुर शहरलाई उज्यालो बनाउने लक्ष्य अनुसार जडान गरिएका हाइमास्टमा चोरीको विजुली बालेर लफडामा फसेको कोहलपुर अहिले नगरपालिका कार्यालयभरी एसी जडान गरेर ब्रम्हलुटमा सक्रिय छ ।

‘बाँके कोरोनाको संक्रमणमा छ । कोहलपुर उत्तिकै जोखिममा छ । हरेक दिन कोहलपुर मेडिकल कलेजमा नागरिकले उपचार बिना ज्यान गुमाइरहेका छन । नागरिक आइसोलेशन बस्न पाएका छैनन् । कोहलपुर नगर क्षेत्रका अधिकाशं घर परिवार संक्रमित छन् । उनीहरूाई नगरपालिकाले सामान्य परामर्शसमेत दिन चासो देखाएको छैन,’ सचिव भण्डारी भन्छन् ।

उनका अनुसार कार्यालयमा विलासीताको मोह बढेपछि मेयर लुटबहादुर रावतको निर्देशनमा लाखौं मुल्यका एसी जडान गरिएका छन् । संघीय सरकार वा केपी ओलीको लुटतन्त्र स्थानीय तहसम्म देखिएको कोहलपुरका माओवादी नेता तुलराज विष्टले आफ्नो सचिव भण्डारीको फेसबुक स्टाटसको कमेन्टमा लेख्छन् ।

उनका अनुसार पनि कोहलपुर नगरपालिकामा विकृति र विसंगति बढि नै देखिएको छ । पत्रकार टेकेन्द्र बस्यालले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री र राष्ट्रपति कार्यालयमा पनि छैनन् होला । देशभरमै सबैभन्दा धेरै एसी प्रयोग गर्ने स्थानीय तह कोहलपुर नगरपालिका नै देखिएको टिप्पणी गरेका छन् ।

मास्टर बुद्धि थापाको कमेन्टमा जवाफ दिँदै सचिव भण्डारीले लेखेका छन्, ‘जम्मा १७ वटा कोठामा ३० वटा एसी लगाउनु दुरुपयोग भयो नि !’ नगरपालिकाले जडान गरेका एसीका बारेमा सामाजिक सञ्जालमा यतिबेला चर्को आलोचना र टिप्पणी भइरहेको छ । आम नागरिकले कोरोना संक्रमणको बेला नगरपालिकाको यस्तो कार्यलाई गलत भनिरहेका छन् ।

थप समाचारहरु पनि पढ्नुहोस् :

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिका, ‘अनियमितता लुकाउन भ्रामक विज्ञप्ती’

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिकाभित्रका तीन पात्र, ‘छवि, दिल र अग्नी’

भ्रष्टाचारको दलदलमा कोहलपुर, जनप्रतिनिधिको ‘कालो झोलामा’ नगरपालिका

बदनाम कोहलपुर नगरपालिका : ‘जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चलाउने अड्डा’

कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च

कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?

कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र

कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’

स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार

कोहलपुर नगरपालिका कार्यालयका बाहिरी भित्ताहरुमा झुण्ड्याइएका एसीका पंखाहरु परेवाका गुँड झैं देखिन्छन् । यसअघि जनप्रतिनिधि तथा कर्मचारीका लागि सुविधा सम्पन्न क्रेटा गाडी किनेर आलोचनाको सिकार भएको कोहलपुर नगरपालिकाले विवादास्पद र अब्यवहारीक गतिविधिलाई निरन्तरता दिएको छ ।

कोरोनाको चरम संकट व्यहोरिरहेका बेला नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको सुविधाका लागि कार्यालयमा एसी जडान गरेको छ । उपचार नपाएर नगरवासीले अकालमै ज्यान गुमाइरहेको अवस्थामा नगरपालिका जनप्रतिनिधि र कर्मचारीको विलासीतामा लिप्त भएको भन्दै नागरिकस्तरबाट आलोचना सुरु भएको छ ।

समुदायस्तरमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि ठोस रणनीति तय गर्न नसकेको नगरपालिकाले केहीदिन पहिले निशुल्क स्वाव संकलन गर्ने बताए पनि सञ्चालन गरेको दुई दिनमै स्थगित भएको स्वाव संकलन कार्य हालसम्म सुचारु हुन सकेको छैन । तर नगरपालिका भने जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि एसी जडानमा ब्यस्त छ ।

नगरपालिकाले सञ्चालन गर्दै आएको एकमात्र कोभिड अस्पतालमा पनि अक्सिजनको अभाव भएपछि विभिन्न नीजि क्षेत्रले अनुदानमा त्यसको पूर्ति गर्दै आएका छन् । कोहलपुर नगर क्षेत्रका अधिकाशं घरमा कोरोना संक्रमण फैलिएको छ । उनीहरूलाई नगरपालिकाले सामान्य परामर्शमा समेत दिन चासो देखाएको छैन ।

तर, कार्यालयमा विलासीताको मोह बढेपछि मेयर रावतको निर्देशनमा लाखौं मुल्यका एसी जडान गरिएको नगरबासीहरुको आरोप छ । नगरवासीको सुविधाको लागि एम्बुलेन्स खरिद गर्न नसकेको नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले विभिन्न समयमा गर्ने अब्यवहारीक गतिविधिले कोहलपुरवासी आजित भइसकेको बताउँछन् ।

नगरवासीका लागि अत्यावश्यक सुविधा उपलब्ध गराउन असक्षम रहेको नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि हरेक वर्ष लाखौं रकम खर्च गर्दै आइरहेको छ । जसले गर्दा जनप्रतिनिधि र कर्मचारीप्रति नगरवासीको वितृष्णा बढ्दै गएको छ । यस विषयमा कोहलपुर नगरपालिकाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली र कार्यपालिकाका केही सदस्यहरू कोरोना नियन्त्रणभन्दा कमाउधन्दामा मस्त छन् । मेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतका जनप्रतिनिधि र कर्मचारी सम्पर्कमा आउन चाहँदैनन् । स्मरणहोस्, कोहलपुर नगरपालिकामा सूचना अधिकारी अहिले पनि छैनन् ।