सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टमाथि डण्डा

आन्तरिक कारबाहीसँगै कोहलपुर नगरपालिकाबाट लखेटिए ‘छविलाल’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनलाई कारबाही गरेर अन्यत्रै लखेटिएको छ ।

बाँके । पटक–पटक विवादमा आइरहने बाँकेको कोहलपुर नगरपालिकामा केही जनप्रतिनिधि र कर्मचारीहरुको राज चल्यो । जनप्रतिनिधि र कर्मचारीकै कारण नगरपालिकामा भ्रष्टाचार मौलायो । सूचना लुकाउनेदेखि पत्रकारलाई धम्की दिनेसम्मका गतिविधिमा केही जनप्रतिनिधि र कर्मचारी संलग्न भए ।

नीतिगत भ्रष्टाचारमा सक्रिय कोहलपुर नगरपालिकाका मेयरदेखि कार्यपालिका सदस्य र कर्मचारीदेखि प्रमूख प्रशासकीय अधिकृत छविलाल नेपालीसम्म संलग्न हुँदै आएका थिए । उनीहरुले कोहलपुर नगरपालिकालाई कमाउधन्दा चलाउने अड्डा बनाए । यतिसम्म कि सूचना माग गर्दा राष्ट्रिय सूचना आयोगकै निर्देशनको अटेरी गरे ।

चरम आर्थिक घोटाला गर्दै आएका सरकारी ढुकुटीमाथि ब्रह्मालुट मच्चाउँदै सार्वजनीक सूचना लुकाउँदै सूचना मागकर्तालाई धम्की दिँदै आएका कोहलपुर नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत नेपाली कारबाहीमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार उनलाई कारबाही गरेर अन्यत्रै लखेटिएको छ ।

उनले सार्वजनीक सरोकारका सूचना माग गर्ने सूच्ना मागकर्तासँग पनि घुस माग्दै आएका थिए । नगरपालिकाभित्रको ब्रह्मालुट सार्वजनीक हुने भएपछि सूचना लुकाउँदै आएका उनलाई सार्वजनीक महत्वका सूचना नदिएको र नगरपालिकालाई कमाउधन्दा चलाउने अड्डा बनाउन थालेपछि मन्त्रालयले नै आन्तरिक कारबाही गर्दै सरुवा गरेको स्रोतले जनाएको छ ।

कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत र प्रमूख प्रशासकीय अधिकृत नेपालीकै नेतृत्वमा जनताको ढाड भाँचिने गरी कोहलपुरमा बजेट दुरुपयोग हुँदै आएको थियो । प्रमूख प्रशासकीय अधिकृत नेपालीले केही जनप्रतिनिधि र कर्मचारीहरुको मिलेमतोमा नगरपालिकाभित्र कमाउधन्दाका लागि अर्थहीन योजनामा बजेट खर्च गरेर ब्रम्हलुट मच्चाइरहेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत नेपालीलाई कारबाहीस्वरुप जिल्ला समन्वय समिति जाजरकोट सरुवा गरिएको छ । हप्तैपिच्छे कोहलपुर नगरपालिकामा विभिन्न काण्ड मच्चाउने प्रमुख प्रशासकीय अधिकृत नेपालीको सरुवापछि कोहलपुरबासी खुसी भएका छन् ।

कोहलपुरमा विभिन्न घटनामा विवादित बन्दै आएका नेपालीले कोहलपुरमा क्रेटा काण्ड, एसी काण्ड, करार कर्मचारी बढुवा काण्ड, डिपिआर काण्ड, रुख कटान काण्ड, वडा नं.४ मस्जिद काण्ड र बसपार्क काण्ड हुँदै विभिन्न निकायबाट मोटो रकम असुल गरेको स्रोतले जनाएको छ । नगरपालिकाको सभाले गरेको निर्णयविपरित आफुखुसी क्रेटा गाडी खरीद गरेका थिए ।

सम्बन्धीत समाचारहरु :

कोरोनाको भुँग्रोमा कोहलपुरबासी, लाज पचाउँदै उद्घाटनतिर ‘मेयर लुटबहादुर’

कोहलपुर नगरपालिकामा काण्डैकाण्ड, ‘१७ कोठामा, ३० वटा एसी’

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिका, ‘अनियमितता लुकाउन भ्रामक विज्ञप्ती’

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिकाभित्रका तीन पात्र, ‘छवि, दिल र अग्नी’

भ्रष्टाचारको दलदलमा कोहलपुर, जनप्रतिनिधिको ‘कालो झोलामा’ नगरपालिका

बदनाम कोहलपुर नगरपालिका : ‘जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चलाउने अड्डा’

कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च

कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?

कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र

कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’

स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार

क्रेटा गाडी खरीदपछि उक्त निर्णयको कोहलपुरमा मात्रै होइन चौतर्फी विरोध भएको थियो । उनले कोहलपुर नगरविकास समितिभित्र रहेका विभिन्न प्रजातिका करिव ७० लाख वरावका रुखहरु कटान गरी जम्मा १३ लाखमा मिलेमतोमा दिएको र लाखौं रकमको चलखेल भएकोे कोहलपुरका स्थानीयहरु बताउँछन् ।

वडा नं.४ मस्जिद काण्डमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको फैसलाका विपरीत केही मान्छेलाई खुसी बनाउन जग्गा बाँडफाँड गरी पुरानो संस्थालाई ओझेलमा पर्ने निर्णय गरेको बुझिएको छ । उनले नगरपालिकामा कार्यरत अस्थायी, ज्यालादारी तथा करार कर्मचारीलाई नियम विपरित बढुवा गरेका छन् ।

नगरपालिकाले सोमबारमात्र शिलन्यास गरेको लामो दुरीको बसपार्क निर्माणका लागि पटक पटक आफू अनुकुल टेण्डर आह्वान गरेर मोटो रकम असुलेर टेण्डर सदर गरेको ठेकेदारहरु बताउँछन् । कोहलपुरमा कोरोना संक्रमण उच्चरुपमा फैलिरहेका बेला प्रमुख प्रशासकीय अधिकृत नेपाली भने कमाउधन्दामा सक्रिय रहेको नगरपालिका स्रोत बताउँछ ।

उनले कोरोनाको महामारीको समयमा नगरवासीको स्वास्थ्य उपचार सहजरुपमा पाउन नसकेका बेला कमिशनकै लागि नगरपालिकाको करिब ७१ लाख रकम सम्पन्न हुँदै गरेका आयोजनाको डिपिआर गर्न भन्दै रकमान्तर गरेको श्रोतले बताएको छ । कोहलपुरबासीहरुले नगरपालिकालाई कमाउधन्दा बनाइरहेको आरोप लगाउँदै आएका थिए ।

विभिन्न निकायले कोरोना अस्थाई अस्पतालको लागि एम्बुलेन्स, अक्सिजन, पानी, कुर्सी, आइभी स्टेन लगायतका सामग्रीहरु व्यापारी र सर्वसाधारणबाट सहयोग दिएर सञ्चालन गरिरहेका बेला प्रमुख प्रशासकीय अधिकृत नेपालीले कमाउधन्दा चलाउने अड्डा’का रुपमा नगरपालिकालाई बदनाम गरेर लाखौं रकम कुम्ल्याएको कोहलपुरबासीको आरोप छ ।

मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नेपालीलाई कारबाही गरी अन्यत्रै लखेटेपछि उनको ठाउँमा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीलाई पठाएको छ । केसी आएसँगै केही जनप्रतिनिधि र कर्मचारीहरुको कमाउधन्दा र ब्रह्मालुटको अखडा बनेको नगरपालिकाबाट हुने काम कारबाही सकारात्मक र पारदर्शी हुने कोहलपुरबासीको अपेक्षा छ ।

प्रमुख प्रशासकीय अधिकृत नेपालीले कमाउधन्दा चलाउने अड्डाका रुपमा बदनाम बनाएको नगरपालिकाका गलत निर्णयलाई सच्याउँदै आफ्नो कार्यकालमा विवादरहित बनाउन भूमिका खेल्ने कोहलपुरबासीहरुले अपेक्षा गरेका छन् । कोहलपुर नगरपालिकामा हरेक वर्ष विनियोजन हुने बजेटमा हुने चरम भ्रष्टाचार रोक्न नयाँ प्रमुख प्रशासकीय अधिकृत केसीले महत्वपूर्ण भूमिका खेल्ने पनि विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार ०८:२६

सिफारिस