सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहमा चरम बेतिथि

साढे चार बर्षमा कोहलपुरमा फेरिए नौं जना ‘हाकिम’, प्रमूख कारण भ्रष्टाचार

सरकारी कर्मचारी विधी अनुसार चल्नुपर्छ, तर जनप्रतिनिधिले आफू अनुकुल चलाउन खोज्छन् । नगरपालिकामा हुने चरम अनियमिता रोक्न खोज्नु नै प्रमुख प्रशासकीय अधिकृत सरुवाको मुख्य कारण बन्ने गरेको छ ।

बाँके । सधैं विवादमा आइरहने बाँकेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीको पाँच महिनामै सरुवा भएको छ । पाँच महिनाअघि बाँसगढी नगरपालिकाबाट सरुवा भएर कोहलपुर आएका टोपेन्द्र केसीको सरुवा भएको हो । उनको सरुवासँगै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको प्रमुख टिकाराम ढकाल कोहलपुर नगरपालिकामा आएका छन् ।

केही जनप्रतिनिधि र कर्मचारीहरुको ‘भ्रष्टचार’को अखडा बनेको कोहलपुर नगरपालिकामा जनप्रतिनिधि आएको साढे चार वर्षमा नौं जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । केही जनप्रतिनिधि र कर्मचारीकै कारण चरम भ्रष्टाचार मौलाएको कोहलपुर नगरपालिकामा ढकाल आएसँगै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केसीको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको छ ।

नेपालकै उत्कृष्ट नगरपालिका बनाउने नारा जप्दै आएका कोहलपुरका जनप्रतिनिधिहरुकै कारण कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतहरु पुरा अवधि नबस्ने गरेको पाइएको छ । नगरपालिकामा प्रत्येक वर्ष बेरुजु बढ्दै जाने र प्रत्येक वर्ष ‘नयाँ हाकिम’ खोजेर ल्याउन नगरपालिका जनप्रतिनिधि लागिपरेको पर्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कोहलपुर नगरपालिकाका एक दर्जनभन्दा बढी मुद्दाहरु परेका छन् ।

कोहलपुर नगरपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत केसीले कोहलपुर नगरपालिकामा आएर केही गर्नुपर्छ भनेर आफु आएको तर पाँच महिनामै सरुवा मागेर जानुपरेकाा बताए । उनले नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारीका कारण कोहलपुर नगरपालिकामा काम गर्ने वातावरण नरहेको बताए । उनले भने, ‘सरकारी कर्मचारी विधी अनुसार चल्नुपर्छ, तर जनप्रतिनिधिले आफू अनुकुल चलाउन खोज्छन् ।’

नीतिगत भ्रष्टाचारमा सक्रिय मेयरदेखि कार्यपालिका सदस्य र कर्मचारीहरु संलग्न हुँदै कोहलपुर नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुको ‘कमाउधन्दा चलाउने अड्डा’ बनेको छ । कोहलपुर नगरपालिकामा केही ठुला योजनाहरु मापदण्ड विपरित सञ्चालन हुँदै आएका छन् । नगरपालिकामा हुने चरम अनियमिता रोक्न खोज्नु नै प्रमुख प्रशासकीय अधिकृत सरुवाको मुख्य कारण बन्ने गरेको छ ।

अनियमितरुपमा विस्तृत प्रतिवेदन डिपिआरबिनै घण्टाघर (भ्यु टावर) निर्माणको भुक्तानी गर्नुपर्ने बाध्यता, नगरपालिका मातहतका हेल्प डेस्कमा गलत प्रक्रियामार्फत कर्मचारी नियुक्तिमा तेस्रो पक्षको हस्तक्षेप, हेफर ईन्टरनेसनलसँग गरिएको बाख्रा तथा कृषि कार्यक्रमको अँध्यारो सम्झौता, कार्ययोजनाबिनै नगर प्रहरीको नाममा सेक्युरिटी गार्ड राख्ने सम्झौता लगायतका कारण ‘हाकिम’ फेरबदल भइरहने गरेको नगरपालिका स्रोत बताउँछ ।

स्रोतका अनुसार क्षेत्रीय बसपार्क निर्माणको पाँच विगाहको डिपिआर र पूर्ण वातावरणीय अनुकुलता अध्ययनबिनै कम क्षेत्रफलमा निर्माण भएको बसपार्क निर्माणको भुक्तानी दिनुपर्ने बाध्यता, कार्ययोजना अगाडि बढाइनु र फोहरमैला संकलनका लागि अप्राविधिक तथा अनुत्पादक सम्झौताका लागि दबाव दिइनु र नगरमा भएका सबै कार्यक्रम र योजनामा अनियमितता भई अख्तियारमा मुद्दा पर्नु पनि ‘हाकिम’ फेरबदल मुख्य कारण रहेको छ ।

कोहलपुर नगरपालिकाका मेयरसँग नजिक बन्दै ‘आसेपासे’हरुले ‘हाकिम’लाई अनावश्यक कार्य गर्न दबाव दिँदै चरम आर्थिक घोटालामा लिप्त हुने गरेको पनि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत केसीले वताए । अर्थहीन योजनामा बजेट खर्च गरेर चरम आर्थिक घोटाला गर्दै आएका नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुको मिलेमतोमा सरकारी ढुकुटीमाथि ब्रह्मालुट भइरहेको छ ।

कोहलपुरमा चाकडी, चाप्लुसी गर्नेहरुको हालिमुहाली भएकाले कोहलपुरको दिगो विकास हुन नसकेको केसीले बताए । कोहलपुर नगरपालिकाको अर्को मुख्य समस्या भनेको विभिन्न विषयगत शाखामा करोडौं रकम विनियोजन गर्ने र आफु अनुकुलका संघसंस्था, व्यक्ति फर्मलाई बर्षेनि मोटो रकम दिएर भ्रष्टाचार गर्दै आएको पनि नगरपालिका स्रोत बताउँछ । महालेखाले नगरपालिकामा देखिएको बेरुजु उठाउनेतर्फ पहल गरेको देखिँदैन ।

सम्बन्धीत समाचारहरु :

 

कोरोनाको भुँग्रोमा कोहलपुरबासी, लाज पचाउँदै उद्घाटनतिर ‘मेयर लुटबहादुर’

 

कोहलपुर नगरपालिकामा काण्डैकाण्ड, ‘१७ कोठामा, ३० वटा एसी’

 

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिका, ‘अनियमितता लुकाउन भ्रामक विज्ञप्ती’

 

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिकाभित्रका तीन पात्र, ‘छवि, दिल र अग्नी’

 

भ्रष्टाचारको दलदलमा कोहलपुर, जनप्रतिनिधिको ‘कालो झोलामा’ नगरपालिका

 

बदनाम कोहलपुर नगरपालिका : ‘जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चलाउने अड्डा’

 

कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च

 

कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?

 

कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

 

कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र

 

कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’

 

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’

 

स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार

 

भ्रष्टाचार छानबिनको माग गर्दै कोहलपुर नगरपालिका तालाबन्दी

प्रकाशित मिति : १३ पुष २०७८, मंगलवार १२:२४