सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टाचारविरुद्ध आन्दोलन

भ्रष्टाचार छानबिनको माग गर्दै कोहलपुर नगरपालिका तालाबन्दी

नेपाली काँग्रेस कोहलपुरका नगर सचिव भुम भण्डारीले भने, ‘यहाँ चरम भ्रष्टाचार भएको छ । अख्तियारको टोलीले तत्काल छानविन गर्नुपर्छ ।’

बाँके । पटक–पटक विवादमा आइरहने बाँकेको कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले तालाबन्दी गरेको छ । कोहलपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली र लेखा शाखाको कोठामा तालाबन्दी गरिएको नेपाली काँग्रेस कोहलपुरका नगर सचिव भुम भण्डारीले जानकार दिएका छन् ।

केही जनप्रतिनिधि र कर्मचारीहरुले राज चलाउँदै ब्रह्मलुट मच्चाउन थालेपछि तालाबन्दी गरिएको नगर सचिव भण्डारीले जनाएका छन् । जनप्रतिनिधि र कर्मचारीकै कारण नगरपालिकामा भ्रष्टाचार मौलाए उनको आरोप छ । उनले भने, ‘यहाँ चरम भ्रष्टाचार भएको छ । अख्तियारको टोलीले तत्काल छानविन गर्नुपर्छ ।’

नीतिगत भ्रष्टाचारमा सक्रिय कोहलपुर नगरपालिकाका मेयरदेखि कार्यपालिका सदस्य र कर्मचारीदेखि प्रमूख प्रशासकीय अधिकृतसम्म संलग्न हुँदै आएका छन् । नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुको कमाउधन्दा चलाउने अड्डा बनेको छ । दुई दिनअघि सम्पन्न नगर सभामा एक पक्षीयरुपमा बजेट पारित गरेपछि बिवाद बढेको हो ।

नगरपालिकाभित्र भ्रष्टाचार मौलाएको, एमालेले एक पक्षीयरुपमा आर्थिक बर्ष २०७८/०७९को बजेट, नीति तथा कार्यक्रम ल्याएको भन्दै काँग्रेस र माओवादीबाट निर्वाचित उपमेयर, वडाध्यक्ष र सदस्यहरुले नगर सभा बहिष्कार गरेपछि नेकपा एमालेबाट निर्वाचित सदस्यले बजेट पारित गरेपछि बढेको बिवाद उत्कर्षमा पुगेको हो ।

एक अर्ब १७ करोड ३५ लाखको बजेट पारित नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्यले बजेट पारित गरेको मेयर लुटबहादुर रावतले बताए । उक्त बजेटप्रति काँग्रेस र माओवादीबाट उपमेयर, वडाध्यक्ष र सदस्यहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले नगरपालिकामा भइरहेको भ्रष्टाचार रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रहसमेत गरेका छन् ।

चरम आर्थिक घोटाला गर्दै आएका नगरपालिका केही जनप्रतिनिधि र कर्मचारीहरुको मिलेमतोमा सरकारी ढुकुटीमाथि ब्रह्मालुट भइरहेको समाचारहरु विगतदेखि नै प्रकाशित भइरहेका छन् । केही जनप्रतिनिधि र कर्मचारीहरुको कमाउधन्दा र ब्रह्मालुटको अखडा बनेको कोहलपुर नगरपालिकाको बदमासीविरुद्ध एकजुट हुन पनि आग्रह गरिएको छ ।

सम्बन्धीत समाचारहरु :

कोरोनाको भुँग्रोमा कोहलपुरबासी, लाज पचाउँदै उद्घाटनतिर ‘मेयर लुटबहादुर’

कोहलपुर नगरपालिकामा काण्डैकाण्ड, ‘१७ कोठामा, ३० वटा एसी’

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिका, ‘अनियमितता लुकाउन भ्रामक विज्ञप्ती’

‘भ्रष्टाचारको अड्डा’ कोहलपुर नगरपालिकाभित्रका तीन पात्र, ‘छवि, दिल र अग्नी’

भ्रष्टाचारको दलदलमा कोहलपुर, जनप्रतिनिधिको ‘कालो झोलामा’ नगरपालिका

बदनाम कोहलपुर नगरपालिका : ‘जनप्रतिनिधि र कर्मचारीको कमाउधन्दा चलाउने अड्डा’

कोहलपुरमा वडाध्यक्षदेखि मेयरसम्मको ब्रम्हलुट, अर्थहीन योजनामा बजेट खर्च

कोहलपुरमा चरम आर्थिक घोटाला, किन लुकाइयो छानविन समितिका प्रतिवेदन ?

कोहलपुर नगरपालिकाद्वारा कृषि अनुदानको खुलेआम दुरूपयोग

कोहलपुरमा बेतिथि : प्रसुति गृहको रकममै लुटतन्त्र

कोहलपुरमा मेयर लुटबहादुरको ब्रह्मलुट, ‘जनताको ढाड भाँचिने गरी बजेट दुरुपयोग’

कोहलपुरका मेयर लुटबहादुरको अर्को बदमासी, ‘नेकपा नहुँदा सरकारी सेवाबाट बञ्चित’

स्वास्थ्य संस्था एम्बुलेन्सबिहीन, मेयर लुटबहादुरलाई विलासी कार

 

प्रकाशित मिति : १३ असार २०७८, आइतवार १४:३३