२०८३ मंसिर १२ , शनिबार 28, November 2026, Saturday

कर्णाली सरकारको विशेष प्राथमिकतामा छ : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कर्णालीलाई सरकारले विशेष प्राथमिकतामा राखेर विकासका काम अघि बढाउने बताएका छन् । शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटका क्रममा बोल्दै उनले सरकारले कर्णालीलाई विशेष प्राथमिकतामा राखेको बताए ।

उनले कर्णालीबाट रास्वपालाई मत प्राप्त हुनु र नहुनुले कर्णालीको विकासको प्राथमिकता निर्धारण नहुने बताए । ‘चुनावमा कर्णालीमा अन्य ठाउँको जस्तो उपििस्थति हुन सकेन, तर हामीले मत पाउनु र नपाउनुले अर्थ राख्दैन,’ उनले भने, ‘हाम्रा मान्छे जिताईदेउ अनि हामी विकास गर्छाैं भनेर सौदाबाजी गर्न आएका होइनौं, चाहे रास्वपा सरकारमा होउञ्जेलसम्म कर्णालीबाट हामीलाई भोट नआएपनि हामी कर्णालीलाई प्राथमिकतामा राख्न छोड्दैनौं ।’

लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी विद्रोहका लागि एक मञ्चका रुपमा स्थापना भएको बताए । पुराना दल र व्यवहारप्रति गर्न खोजेको विद्रो रास्वपाले निलो क्रान्तिमार्फत गरेको उनले बताउ । ‘विद्रोहसँग जोडिएर कर्णालीले धेरै गुमाएको छ, विद्रोहसँग सिंगो देश डारईरहेका बेला कर्णाली विशेषगरी डराएको थियो,’ उनले भने, ‘हामीले रातो क्रान्ति होईन, निलो क्रान्तिबाट विद्रोह गर्‍र्यौं र चार बर्षको अन्तरालमा बहुमतको सरकार बनाउन सफल भयौं ।’

उनले पार्टीका शुभेच्छुक, कार्यकर्ता तथा नेतालाई प्रशिक्षण दिन औपचारिक रुपमा कर्णालीबाट सुरु गरिएको बताए । प्रदेशस्तरीय प्रशिक्षणका लागि सभापति लामिछाने शुक्रबार सुर्खेत आएका थिए ।

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार