२०८३ मंसिर ८ , मंगलबार 24, November 2026, Tuesday

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे, ‘देश उभो लाउने टोली’

प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश उभो लाउने टोली, निकै मिहिनेती मान्छेहरू’ लेखेका छन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको उक्त तस्वीर भारत भ्रमणका क्रममा हवाईजहाजभित्र खिचिएको हो । तस्वीरमा प्रधानमन्त्री शाहसँगै परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्ले देखिएका छन् ।

यसअघि पनि प्रधानमन्त्री शाहले दुई मन्त्रीलाई अँगालोमा राखेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ लेखेका थिए । उक्त तस्वीरमा प्रधानमन्त्रीको दायाँतर्फ भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र बायाँतर्फ गृहमन्त्री सुधन गुरुङ थिए ।

प्रकाशित मिति : २०८३ मंसिर ८ गते मंगलबार