नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहीबार)को तुलनामा आज सुन तोलामा पाँच हजार ९०० रुपैयाँ र चाँदी तोलामा ११० रुपैयाँले घटेको छ ।
महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य तीन हजार ९२० रुपैयाँ कायम थियो ।
यसअघि बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँ र चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको सूनको मूल्य कात्तिक १५ गते एकैदिन तोलामा आठ हजार ३०० रुपैयाँले घटेर दुई लाख ७२ हजार रुपैयाँसम्म पुगेको थियो, तर त्यसयता बजारमा पुन: तीव्र वृद्धि देखिएको छ ।
प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार

