२०८३ असोज १६ , शुक्रबार 2, October 2026, Friday

नेपालबाट कहिले बाहिरिन्छ मनसुन ?

नेपालबाट केही दिनमा मनसुन बाहिरिने क्रम सुरु हुने पूर्वानुमान छ । नेपाल मौसम विज्ञान विभागका अनुसार अबको एक–दुई दिनबाट नेपालबाट मनसुन बाहिरिने क्रम सुरु हुनेछ । मनसुन प्रणाली कमजोर हुँदै गएको विभागले बताएको छ ।

‘अबको एक दुई–दिनबाट नेपालबाट मनसुन बाहिरिन सुरु हुन्छ,’ मौसमविद् सञ्जिव अधिकारी भन्छन्, ‘पश्चिम नेपालबाट केही दिनमा मनसुन बाहिरिन सुरु हुने देखिन्छ ।’ पश्चिमबाट सुरु भएर मनसुन प्रणाली पूर्वबाट पूर्ण रूपमा बाहिरिन्छ ।

‘नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । मनसुन नेपाल प्रवेश गर्ने औसत मिति जुन १३ हो । तर, मनसुन बाहिरिएपछि वर्षा नहुने भन्ने होइन । मनसुन प्रणालीबाट हुने वर्षा नहुने मात्रै हो,’ मौसमविद् अधिकारीले भने ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार