उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा शनिबार रातिदेखि हिमपात भइरहेको छ । निरन्तर हिमपात भएपछि लोमान्थाङसहित आसपासका डाँडाकाँडा तथा बस्तीहरू सेताम्मे बनेका छन् । हिमपातसँगै यहाँको तापक्रम घट्दा चिसो बढेको छ ।
चिसो र हिमपातका कारण स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ भने सडक तथा आवतजावतमा समेत असर परेको स्थानीयले बताएका छन् । हिमपातले उपल्लो मुस्ताङको जनजीवन प्रभावित बनाए पनि त्यस क्षेत्रको प्राकृतिक दृश्य भने आकर्षक बनेको छ ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार
