२०८३ असोज ६ , मंगलबार 22, September 2026, Tuesday

अझै बनेनन् नेपाल वायुसेवा निगमका वाइडबडी जहाज

नेपाल वायुसेवा निगम (नेवानि)का ग्राउन्डेड वाइडबडी जहाज मर्मत नहुँदा निरन्तर उडान रद्द भइरहेको छ । नेवानिले मंगलबारका लागि निर्धारित काठमाडौं–नारिता र नारिता–काठमाडौं उडान रद्द गरेको छ । जापानको नारितामा एक वाइडबडी जहाज ग्राउन्डेड छ ।

उक्त जहाज मर्मत सकेर काठमाडौं ल्याउने योजना अनुसार काम नभएपछि उडान रद्द गर्नुपरेको हो । जसले गर्दा चाडबाडको मुखमा यात्रा गर्न टिकट काटेका सयौँ यात्रुको बिचल्ली भएको छ । निगमसँग रहेको अर्को वाइडबडी जहाज नियमित मर्मतमा इटाली लगिएको छ ।

निगमसँग दई वाइडबडी र दुई न्यारोबडी अन्तर्राष्ट्रिय उडान गर्न चार जहाज छन् । तीमध्ये दुइटा वाइडबडी ग्राउन्डेड हुँदा अहिलेसम्म झन्डै दर्जन उडान रद्द गर्नुपरेको छ । जसले गर्दा नेवानिलाई करोडौं नोक्सानी पुगेको छ । निगमको न्यारोबडी जहाजले नजिकका दुरीमा मात्र उडान गर्छन् । लामो दुरीमा वाइडबडी जहाज नै आवश्यक पर्छ ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मंगलबार