२०८३ असोज ३ , शनिबार 19, September 2026, Saturday

माथिल्लो त्रिशूली-१ सुरुङमा थप ११ वटा शव भेटिए

भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट शनिबार थप ११ शव निकालिएको छ ।

अडिट–३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा शव फेला परेको आयोजनाले जनाएको छ । यसअघि शुक्रबार १८ शव भेटिएका थिए । खोजी तथा उद्धार कार्य अझै जारी छ ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार