अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा ५१ प्रतिशत मुद्दामा कसुर कायम भएको छ । आर्थिक वर्ष २०८२–०८३ मा दायर भएको १७५ मध्ये १५६ वटा मुद्दा विशेष अदालतले फैसला गरेको छ ।
फैसला भएको मध्ये ८१ वटा मुद्दामा कसुर कायम भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । फैसला भएका ५१ प्रतिशत मुद्दामा मात्रै आयोगले सफलता प्राप्त गरेको हो ।
विशेष अदालतले गरेको फैसला उपर चित्त नबुझेर आयोगले १०४ वटा मुद्दा अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सर्वोच्च अदालतले गरेको फैसला उपर पनि आयोगले तीन वटा मुद्दामा पुनरावलोकनको निवेदन दिएको छ ।
प्रकाशित मिति : २०८३ असोज १ गते बिहीबार
