पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा नआएसम्मका लागि आंशिक रूपमा बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड अब पूर्णरूपमा सञ्चालनमा रहने भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले बिहीबार सूचना जारी गर्दै तुइन खोलामा भइरहेको भीर स्थिरीकरण कार्यका कारण यसअघि आंशिक रूपमा बन्द गरिएको सडकखण्ड अर्को सूचना जारी नभएसम्म पूर्णरूपमा सञ्चालनमा रहने जनाएको हो ।
कार्यालयका अनुसार कृष्णभीरमा सडक सञ्चालनमा आाएपछि मुग्लिन–नारायणगढ सडकको भीर स्थिरीकरणको काम स्थगित गरिएको हो ।
प्रकाशित मिति : २०८३ असोज १ गते बिहीबार
