२०८३ भदौ २२ , सोमबार 7, September 2026, Monday

सामाजिक सञ्जालमाथि प्रहरीको कडा निगरानी

नेपाल प्रहरीले भोटेकोशीको बाढीका बारेमा सामाजिक सञ्जालमा भ्रामक भिडियो पोष्ट गर्ने तथा पीडित परिवारबारे अभद्र पोष्ट तथा कमेन्ट गर्नेमाथि कडा निगरानी बढाएको छ । प्रहरीको साइबर ब्यूरोले यसका लागि छुट्टै अनुसन्धान टोली नै गठन गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि बाढीसित जोडिएका विषयमा भ्रम सृजना हुने खालका गतिविधि तथा कमेन्टहरु विभिन्न सामाजिक सञ्जालमार्फत पोष्ट हुन थालेपछि प्रहरीले निगरानी बढाएको हो । यसका लागि ब्युरोले डीएसपी गजेन्द्र आचार्य नेतृत्वको टोलीसमेत बनाएको छ ।

टोलीमा हाल १० जना रहेको र आवश्यकता अनुसार थप गर्ने ब्युरोले जनाएको छ । पछिल्लो समय वेपत्ता परिवारहरुले आफन्तका खोजीका लागि आक्रोश पोख्दा सामाजिक सञ्जालमार्फत उल्टै थप पीडा हुने कमेन्ट तथा भिडियो पोस्ट गर्न थालिए पछि प्रहरीले निगरानी बढाएको हो ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार