सरकारले ग्रीन आर्मीको दर्ता खारेज नगरेको जनाएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले ग्रीन आर्मीको दर्ता खारेजको विषयमा कुनै पनि प्रक्रिया अघि नबढेको जनाएको छ ।
कम्पनी रजिस्ट्रार कार्यलयका उपरजिस्ट्रार तथा सूचना अधिकारी रामप्रसाद ज्ञवालीले दर्ता खारेजको विषयमा कुनै पनि छलफल नभएको जानकारी दिए ।
हालसम्म त्यस विषयमा कुनै छलफल नभएको ज्ञवालीले बताए । उनले भने, ‘दर्ता खारेजको आफ्नै प्रक्रिया हुन्छ । त्यस विषय अहिलेसम्म अघि बढेको छैन ।’
प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार
