२०८३ भदौ २० , शनिबार 5, September 2026, Saturday

भोटेकोशी बाढी : अहिलेसम्म एक हजार २९३ जनाको शव भेटियो

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार २९४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म एक हजार २९४ जनाको शव फेला परेको हो ।

जसमा रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६७, चितवनमा ३५९, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा २१२ जनाको शव फेला परेको छ । अहिलेसम्म ९६ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण पाँच हजार ५३ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका दुई हजार १३०, नुवाकोटका दुई हजार ३४० र विदेशी नागरिक ५८३ रहेको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार