२०८३ भदौ १९ , शुक्रबार 4, September 2026, Friday

उद्धारपछि साह र महर्जनका परिवार भन्छन्, ‘खुसीको सीमा नै छैन’

त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका कबिर महर्जन र सञ्जय शाहका परिवारका सदस्यहरूले धेरै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

‘छोरालाई कहिले देखूँ कहिले भेटूँ भएको छ । अव काठमाडौँ आउने प्रयासमा छु,’ साहका बुबा रामफल शाह भनेका छन् । उनले सबैको आर्शीवार्दले आफूहरूलाई शान्ति मिलेको बताएका छन् ।

साह सप्तरी निवासी हुन् । रामसफलले छोरो नभेट्दासम्म आफूसहित श्रीमती बेहोसजस्तै भएको भन्दै गाउँसमाज समेत चिन्तामा रहेको बताए । उनले छोरालाई कतिवेला देखौँजस्तो भएको बताएका छन् ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेको १० दिनपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले संयुक्त रूपमा साह र महर्जनलाई सकुशल उद्धार गरेको हो ।

महर्जनका भाइ अमिरले दाइको उद्धार भएको सुन्दा एकदमै खुसी लागेको बताए । ‘परिवारजनमा खुसीको सीमा नै छैन,’ अमरिले भने ‘शब्दले बयान गर्ने चिज नै छैन ।’

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार