२०८३ भदौ १९ , शुक्रबार 4, September 2026, Friday

त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका दुईजना को हुन् ?

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट आज (भदौ १०) बिहान दुईजनाको उद्धार गरिएको छ । ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई जीवितै उद्धार गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट उनीहरूलाई सकुशल बाहिर निकालेको थियो । सप्तरीका साह मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा त्यहाँ कार्यरत थिए ।

आयोजनाको सुरुङभित्रबाट शुक्रबार (भदौ १०) बिहान सकुशल उद्धार गरिएका ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई उपचारका निम्ति हेलिकोप्टरमार्फत उनीहरूलाई काठमाडौं पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

‘भोटेकोशीमा बाढी आएको १०औँ दिन आज (भदौ १९) रसुवास्थित त्रिशूली–३ ‘ए’बाट नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका दुईजनाको जीवितै उद्धार गरेर उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको छ,’ सशस्त्र प्रहरीले भनेको छ । आयोजनाको सुरुङभित्रबाट थप आवाज सुनिएको छ ।

त्योसँगै उद्धार टोली भित्र प्रवेश गर्दै गरेको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ । ६० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना यही भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ध्वस्त भएको छ । त्यसपछि त्यहाँ ४२ कर्मचारी तथा कामदार फसेका आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार