हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशका पहाडी भू–भाग, कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज देशको हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका तराई भू–भागका थोरै स्थानमा स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षापछि ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्दार तथा राहातमा असर पर्ने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

