नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार बिहान सकिएसँगै अध्यक्षमा चिरञ्जीवी ओली फराकिलो मतान्तरले विजयी भएका छन् । निर्वाचन आयुक्त तीर्थराज ज्ञवालीका अनुसार ओलीले एक हजार ३८६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गरे ।
त्यसैगरी, महिला उपाध्यक्षमा रुपा ओझा (सानु) एक हजार १६६ मतसहित विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी उमा ग्रान्डनले ५०३ मत प्राप्त गरिन् । निर्वाचनको अन्तिम नतिजा अनुसार महासचिवमा विष्णु श्रेष्ठ एक हजार २८७ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी दीपेन्द्रकुमार जोशीले ४०८ मत प्राप्त गरे ।
उपमहासचिवमा प्रदीप आचार्य ८६४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी शिवप्रसाद दाहालले ८४२ मत प्राप्त गरे । त्यसैगरी, कोषाध्यक्षमा टीकामणि उपाध्याय ९१७ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी सूर्य श्रेष्ठले ५९८ र नारायण प्रसाईंले १८३ मत प्राप्त गरे ।
१० जना कार्यसमिति सदस्यका लागि भएको निर्वाचनमा सन्तोषकुमार पौडेल (१,४५६), तोपबहादुर थापा (१,३५०), नन्दराम जैसी (१,३४९०), शरदराज अधिकारी (१,३४५), नगेन्द्र शाही (१,२८६), आदित्य गुप्ता (१,२४०), जहाँगिर मुसलमान (१,१५२), शरदप्रसाद रिजाल (१,१२८), सुरजबहादुर भण्डारी (१,१२६) र अतुलकुमार गुप्ता (१,१२३) विजयी भएक छन् ।
निर्वाचनअघि नै उद्योगतर्फ र वाणिज्यतर्फको उपाध्यक्षमा क्रमशः कमलकुमार कार्की र विष्णुप्रसाद श्रेष्ठ, एसोसिएट सदस्यमा राजीव तलंगा र अब्दुल वाहिद अन्सारी तथा सम्बद्ध सदस्यमा फणाधर भण्डारी र सुरेशजंग बञ्जारा निर्विरोध निर्वाचित भइसकेका थिए ।
