बाँकेको कोहलपुरबाट १३ किलो ६४ ग्राम अफिम र १४८ ग्राम चरेससहित दुई जना पक्राउ परेका छ । लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र सुर्खेतस्थित संयुक्त टोलीले विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।
उनका अनुसार रुकुमपूर्वका कर्णबहादुर बुढा र रुकुम पश्चिमका टोपजंग भन्ने टाइपसिंह गिरीलाई लागु औषधसहित पक्राउ गरिएको हो । उनीहरूसँग एक थान डिजिटल तराजु, नगद रु.पाँच हजारसमेत बरामद भएको सूचना अधिकारी राठौरले जानकारी दिए । प्रहरीका अनुसार उनीहरूलाई पक्राउ गर्न एक राउण्ड हवाई फायरसमेत गरिएको थियो ।
प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार
सत्यपाटी