२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

५५ लाख ९० हजार नेपाली रुपैयाँसहित दुई जना नियन्त्रणमा

डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–१ स्थित त्रिपुराकोटबाट असार ३१ गते स्रोत नखुलेको ५५ लाख ९० हजार नेपाली रुपैयाँसहित दुई जनालाई नियन्णमा लिइएको छ ।

सोही जिल्लाको ठुलिभेरी नगरपालिका–३ दुनैबाट सोही नगरपालिका–७ छ्ल गाउँतर्फ जाँदै गरेको भे १३ प ९२६५ मोटरसाईकलाई शंका लागि चेक गर्ने क्रममा मोटरसाईकलमा सवार ठुलिभेरी नगरपालिका–७ बस्ने ३२ बर्षिय विष्णुलाल रोकाया र ४२ बर्षिय भक्तिचन्द्र रोकायाले बोकेको झोलामा पैसाको गड्डी फेला परेपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

भेरी करिडोर सडकखण्ड अन्र्तगत त्रिपुराकोटमा सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पा, नेपाल प्रहरी तथा जिल्ला प्रसाशन कार्यलयको प्रतिनिधीसहितको संयुक्त टोलीले चेकप्वान्ट खडा गरी जाचँ गर्ने क्रममा उल्लेखित रुपैयासहित उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो । नियन्त्रणमा लिइएका उनीहरुलाई बरामद रुपैयाँसहित आवश्यक अनुसन्धानको लागि प्रहरी चौकी त्रिपुराकोटमा बुझाईएको छ ।

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहीबार