२०८३ असार २५ , बिहीबार 9, July 2026, Thursday

सुनको भाउ तोलामा दुई हजार ४०० ले घट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार २५ गते बिहीबार

नेपाली बजारमा सुनचाँदीको भाउ एक सातादेखि निरन्तर घटिरहेको छ । एक सातादेखि निरन्तर घटेर आज बिहीबार दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत साताको बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा दुई हजार ४०० र चाँदीको १६० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बुधबार चार हजार ५०० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो ।

उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार ३०० र चाँदी सात हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ । अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार