२०८३ असार २४ , बुधबार 8, July 2026, Wednesday

पाँच वटा प्रदेशका केही स्थानमा भारी वर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार २४ गते बुधबार

हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेश प्रदेश साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भु–भाग, साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भु–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार २४ गते बुधबार