२०८३ असार १८ , बिहीबार 2, July 2026, Thursday

चार प्रदेशमा भारी वर्षाको सम्भावना, दिउँसो धेरै पानी पर्ने

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १८ गते बिहीबार

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।

हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भूभागका पनि केही स्थानमा, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेस र कोसी प्रदेश तराईको एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । महाशाखाले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाडी भूभागका केही स्थान, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोसी र मधेस प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुुनी वायु सक्रिय छ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार