२०८३ असार १६ , मंगलबार 30, June 2026, Tuesday

प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, को कहाँ ? (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ असार १६ गते मंगलबार

नेपाल प्रहरीका ३६८ जना लेखा प्रमुखहरूको सरुवा भएको छ । आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसको आधारमा लेखा प्रमुखहरूको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोको लेखा प्रमुखमा इन्स्पेक्टर उदयकुमार चौधरीलाई सरुवा गरिएको छ । कल्याण महाशाखामा इन्स्पेक्टर डेकेन्द्र शर्मा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दिपेश खरेल, सीआइबीको लेखा प्रमुखका प्रकाश शाह र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको लेखा प्रमुखमा इन्स्पेक्टर महेश बिक्रम शाहलाई सरुवा गरिएको छ ।

साइबर ब्यूरोमा रविन ढकाल, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राकेश रेग्मी, महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा राजन उप्रेती, बागमती प्रदेश प्रहरी कार्यालयमा सविन कुमार संग्रौलालाई पठाइएको छ । अन्य युनिटहरूमा वरिष्ठ सई, सई र असईहरूलाई लेखा प्रमुखको रूपमा सरुवा भएका हुन्। ललितपुर परिसरमा वरिष्ठ सई अमृत कुमार भडेललाई पठाइएको छ ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार