२०८३ असोज ५ , सोमबार 21, September 2026, Monday

आज पहाडी र हिमाली भेगमा वर्षा र हिमपात, तराईमा गर्मी

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ । देशको हिमाल र पहाडी भूभाग साथै गण्डकी र बागमती प्रदेशको तराईमा साधारणतया बादल लागेको छ । अन्य तराईमा मुख्यतया सफा रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशको तराईका पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

यस्तै आज राती कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग, लुम्बिनी प्रदेशको हिमाली भू–भाग साथै कोशी र मधेश प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका थोरै स्थान, गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको तराईका थोरै स्थानमा तथा मधेश प्रदेशका पनि एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना समेत रहेको छ ।

प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार