नेपालमा सुर्तीजन्य पदार्थका कारण प्रत्येक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा.श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका हुन् ।
उनले सुर्तीजन्य पदार्थका कारण विश्वभर प्रत्येक वर्ष करिब ८० लाख मानिसको मृत्यु हुने गरेको समेत जानकारी गराए । उनले मुटुरोग, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको प्रमुख कारण सुर्तीजन्य पदार्थ रहेको बताए । उनले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्य मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत गम्भीर क्षति पुर्याइरहेको बताए ।
उनले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमानका लागि नेपाल सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ लगायत विभिन्न कानुनी तथा नीतिगत व्यवस्था कार्यान्वयन गर्दै आएको जानकारी गराए । उनले नेपाल विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोलप्रति पूर्ण रूपमा प्रतिवद्ध रहेको उल्लेख गरे ।
उनले स्थानमा धुम्रपान निषेध, सुर्तीजन्य पदार्थको विज्ञापन तथा प्रवर्द्धन नियन्त्रण, १०० प्रतिशत चित्रसहितको स्वास्थ्य चेतावनी र कर नीतिलाई नियन्त्रणका प्रमुख उपायका कार्यान्वयन गरिरहेको समेत बताए । यद्यपि, अगामी आर्थिक वर्षमा सुर्तीजन्य पदार्थमा लगाइएको कर अपेक्षाकृत कम रहेको भन्दै असन्तुष्टि समेत जनाए ।
उनले भने, ‘सुर्तीजन्य पदार्थको कारण विश्वमा हरेक वर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा मात्रै हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनको कारण ज्यान गुमाइरहेका छान् । मुटुरोग, क्यान्सर, स्वासप्रश्वास सम्बन्धी रोग तथा अन्य नसर्ने गम्भीर रोगको मुख्य कारकको रुपमा सुर्तीजन्य पदार्थ रहेको छ ।’
अतिरिक्त सचिव श्रेष्ठले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा मात्र नभई अर्थतन्त्रमा समेत ठुलो क्षति पुर्याइरहेको बताए । उनले थपे, ‘नेपाल डब्लूएचओ नेपाल विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन टोबाको कन्ट्रोल पूर्ण रुपमा सुर्तिजन्य पदार्थ नियन्त्रणका लागि पूर्ण रुपमा प्रतिवद्ध रहेको छ ।’
उनका अनुसार सार्वजनिक स्थानमा धुम्रपान निषेध, विज्ञापन तथा प्रवर्द्धनमा प्रतिवद्ध, १०० प्रतिशत चित्रसहितको स्वास्थ्य चेतावनी र कर नीति सुर्तिजन्य पदार्थ नियन्त्रणका मुख्य नीतिहरु हुन् । तर यो पटक कर नीति कम हुँदा चित्त दुखिरहेको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य क्षेत्रका सरोकारवालाले सुर्तीजन्य पदार्थको खपत घटाउन कर नीतिको प्रभावकारी कार्यान्वयन र नागरिकस्तरमा जनचेतना अभिवृद्धि आवश्यक रहेको पनि बताए ।
सत्यपाटी