फ्रान्समा बैंकका एक पूर्वप्रबन्धकलाई आफ्नी प्रेमिकालाई सात वर्षसम्म शारीरिक, मानसिक र यौन शोषण गरेको कसुरमा २५ वर्षको जेल सजाय सुनाइएको छ ।
प्रेमिकालाई यौन हिंसा र बलात्कार गरेको कसुरमा अदालतले बैंकका पूर्वप्रबन्धक ५१ वर्षीय गुइलाउम बुच्चीलाई २५ वर्ष जेल सजाय हुने फैसला गरेको हो । ४२ वर्षीया पीडित लेटिसिया आरले अदालतमा मुद्दा सुनुवाइका क्रममा बुचीले यौन खेलको आडमा बिस्तारै आफूलाई नियन्त्रणमा लिएको र त्यसपछि वेश्यावृत्ति गर्न बाध्य पारेको बताइन् ।
बुचीले आफ्ना साथी, सहकर्मी र अपरिचितसँग सम्बन्ध राख्न बाध्य पारेको पीडितले बताइन् । उनलाई ग्राहकको सूची नै बनाएको लेटिसियाले अदालतमा बयान दिइन् । उनले भनिन्, ‘मैले ४८७ पुरुषपछि गन्न छाडेँ । तीमध्ये केहीसँग मैले पटकपटक सम्बध गर्नपर्यो ।’ चार घण्टाभन्दा बढी बहसपछि अदालतले फैसला गर्दा पीडितको आँखाभरि आँसु पारेकी थिइन् भने बुच्ची भावशून्य भएका थिए ।
सत्यपाटी