२०८३ जेठ १७ , आइतबार 31, May 2026, Sunday

असार दोस्रो साताभित्रै कक्षा १२ को ‘रिजल्ट’, विद्यार्थी उत्साहित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ १३ गते बुधबार

कक्षा १२ को नतिजा (रिजल्ट) असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । बैशाख १४ गतेदेखि सुुरु भएको कक्षा १२ को परीक्षाको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरिएको हो ।

असारको दोस्रो साताभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको राष्ट्रिय परीक्षा बोर्डका एक अधिकारीले बताएका छन् । नतिजा सार्वजनिक हुने भएपछि कक्षा १२ को परीक्षा दिएका विद्यार्थी उत्साहित भएका छन् । यसपालीको कक्षा १२ को परीक्षामा चार लाख १८ हजार आठ जना परीक्षार्थी सहभागी भएका थिए ।

नतिजा सार्वजनिक गर्न ढिलाई हुँदा विद्यार्थीको मनोबल खस्किने भन्दै सरकारले छिटो नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार आवश्यक तयारी गरिरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसअघि माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा पनि एक महिनामै सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार