२०८३ जेठ २ , शनिबार 16, May 2026, Saturday

देशका विभिन्न ठाउँमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ २ गते शनिबार

नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिकैको तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले अहिले विहान (शनिबार) गण्डकी, लुम्बिनी र कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित मध्वयम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले विहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा सुदुरपश्चिम प्रदेशको हिमाली, पहाडी भू–भागका र मधेश प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार