२०८३ वैशाख ३१ , बिहीबार 14, May 2026, Thursday

सगरमाथाको चुचुरोसम्म बाटो बन्यो, आरोहण खुल्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख ३१ गते बिहीबार

यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ । सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो ।

हिजो बुधबार १०ः२५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग निर्माण (डोरी टाँगिएको) गरिएको पर्यटन विभागले जनाएको छ । यसमा संलग्न पथप्रदर्शक तथा ‘आइसफल डाक्टर’हरूप्रति विभागले कृतज्ञता व्यक्त गरेको छ ।

डोरी टाँग्न आधार शिविरदेखि ‘क्याम्प–२’ सम्म आठ जना आइसफल डाक्टर तथा क्याम्प–२देखि चुचुरोसम्म ११ जना पथप्रदर्शक संलग्न रहेका विभागले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार