२०८३ जेठ १५ , शुक्रबार 30, May 2026, Saturday

पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख २३ गते बुधबार

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको र पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा न्यून चापीय क्षेत्र सक्रिय रहेको जानकारी दिएको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको छ ।

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ । ती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ ।

त्यस्तै, आज राति कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै, बाँकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार