गोलभेँडा हरेक घरको भान्सामा पाइने तरकारी हो । धेरैलाई काँचो गोलभेँडा मन पर्दैन । सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूले यसलाई सुपरफूड भन्छन् । तर दैनिक रूपमा काँचो गोलभेँडा खाँदा शरीरलाई धेरै फाइदाहरू प्राप्त हुन्छ । के यो कुरा तपाईंलाई थाहा छ ? एउटा मात्र काँचो गोलभेँडाले तपाईँले कल्पना नगरेका फाइदाहरू प्रदान गर्न सक्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ – काँचो गोलभेडा खाँदा शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ । गोलभेँडामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यसले मौसमी रोगहरूबाट बच्न मद्दत गर्दछ ।
मुटुको स्वास्थ्यको लागि राम्रो – गोलभेँडा खाँदा शरीरलाई पोटासियम, फाइबर र भिटामिन सी राम्रो मात्रामा प्राप्त हुन्छ । यसमा एन्टिअक्सिडेन्टहरू हुन्छ जसले रक्तचाप कम गर्न र मुटुको स्वास्थ्य कायम राख्न मद्दत गर्दछ ।
छाला चम्किलो बनाउँछ – गोलभेँडामा भिटामिन सी, लाइकोपीन र बीटा–क्यारोटिन हुन्छ, जसले छालालाई एन्टि एजिङ गुणहरू प्रदान गर्दछ । यसले छालालाई चम्किलो बनाउँछ र क्षति हुनबाट रोक्छ ।
हाइड्रेसन – गोलभेँडामा पानीको मात्रा धेरै हुन्छ । यसले शरीरलाई हाइड्रेट गर्छ । निर्जलीकरण भएका व्यक्तिहरूले विशेषगरी गोलभेडा खानुपर्छ ।
पाचन सुधार – बारम्बार कब्जियत वा पेट फुल्ने समस्याबाट पीडित हुनुहुन्छ भने, तपाईँले निश्चित रूपमा गोलभेडा खानुपर्छ । काँचो गोलभेँडाले राम्रो पाचनलाई बढावा दिन्छ ।
आँखाको लागि राम्रो – गोलभेँडाको टुक्रा खानु आँखाको लागि पनि धेरै फाइदाजनक छ । यसले आँखालाई भिटामिन ए, लुटिन र जियाक्सान्थिन प्रदान गर्दछ, जसले रातको अन्धोपन जस्ता समस्याहरूबाट बच्न मद्दत गर्दछ ।
सत्यपाटी