२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

रोल्पामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । रोल्पा । २०८३ वैशाख १७ गते बिहीबार

रोल्पाको थवाङस्थित जलजलामा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जीप भिरबाट करिब ८०० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रहरीले अहिलेसम्म १७ जनाको मृत्यु भएको र उद्धार कार्य जारी रहेको जनाएको छ । लु १ ज ४१६७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार