२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

एमाले नेता कर्ण मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बलात्कारको आरोपमा पक्राउ परेका नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत ललितपुरका न्यायाधीश भगवती शर्मा ढुङ्गानाको इजलासले मल्ललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

मल्लविरुद्ध एक महिलाको जाहेरीकझ आधारमा बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो । मल्ललाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

प्रकाशित मिति : २०८३ वैशाख ९ गते बुधबार