२०८२ चैत २७ , शुक्रबार 10, April 2026, Friday

आज देशभर कहाँ-कहाँ पर्छ पानी ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत २६ गते बिहीबार

देशका केही स्थानमा आज (चैत २६) वर्षा र हिमपातको सम्भावना छ । हाल पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहँदा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, दिउँसो कोसी प्रदेश लगायत देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोसी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

राति, कोसी प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार