२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

वैदेशिक रोजगारीमा जाँदा के-के कागजपत्र चाहिन्छन् ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत २४ गते मंगलबार

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकहरूले विमानस्थल जाँदा केही थप कागजात अनिवार्य रूपमा आफूसँग लिएर मात्र गन्तव्य मुलुकसम्मको यात्रा गर्न अनुरोध गरेको छ ।

विभागले सोमबार विज्ञप्ति जारी गरी यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल तथा रसिद (संस्थागत र व्यक्तिगत दुवैले अनिवार्य साथमा राखे) र म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था)मार्फत जाने हो भने सो संस्थालाई वैदेशिक रोजगारीका लागि बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको छ ।

साथै, सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचर–रसिद–भरपाइ अनिवार्य रूपमा श्रमिकलाई उपलब्ध गराउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार