नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तरगत बाँकेको खजुरा गाउँपालिका–३, खजुरा बजारस्थित पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सम्पन्न भएपछि यात्रुले बर्सौंदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले पेडारी नालामा लक्ष्य अनुसार निर्धारित समयमै पुलको काम सम्पन्न भएको जानकारी दिए । प्रमुख भण्डारीले भने, ‘आयोजनाको निरन्तरको अनुगमन र निर्माण व्यवसायीको सक्रियतामा निर्धारित समयभन्दा पहिले नै पुल निर्माण सम्पन्न भएको छ ।’
पक्की पुल निर्माण भएपछि अहिले सवारीसाधन नयाँ पुलबाट सञ्चालन भइरहेका छन् । पुल निर्माण भए पनि पुलको दुवैतर्फ ५०–५० मिटर गरी १०० मिटर सडक कालोपत्रे गर्ने कार्य बाँकी रहेको छ । कालोपत्रे गर्ने कार्य पनि केही दिनमा सम्पन्न हुने आयोजनाले जनाएको छ ।
प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार
सत्यपाटी