२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

नेपालगन्जका नीजि विद्यालयमा पाठ्यपुस्तक परिवर्तनमा रोक

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत २३ गते सोमबार

नेपालगन्ज उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा लागू भएको पाठ्यपुस्तक तीन वर्षसम्म परिवर्तन नगर्न निर्देशन दिएको हो ।

सूचनामा संस्थागत विद्यालयहरूले हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गरी अभिभावकमाथि थप आर्थिक बोझ पार्ने गरेको गुनासो आएको उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘लागू भएको पाठ्यपुस्तक तीन वर्षसम्म परिवर्तन नगर्नुहुन र तीन वर्षपछि परिवर्तन गर्नुपर्ने भएमा यस कार्यालयको पूर्वस्वीकृति लिएर मात्र गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’

त्यसैगरी, कार्यालयको पूर्वअनुमतिबिना कुनै विद्यालयले पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार