२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

गृहमन्त्री सुधनले भने, ‘कानुनमाथि कोही छैन’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १४ गते शनिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ गरेलगत्तै गृहमन्त्री सुधन गुरुङले कानुनमाथि कोही नभएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा आर्यघाटको एउटा तस्वीर सार्वजनिक गर्दै यस्तो लेखेका हुन् ।

‘कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शार्म ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिन्छ ।’

गृहमन्त्री गुरूङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रमिस इज अ प्रमिस’ ‘कानुनभन्दा माथि कोही छैन ।’ उनले दुवै नेतालाई उनीहरूको निवासबाट नियन्त्रणमा लिइएको बताएका छन् । उनले यो कदम कसैप्रति प्रतिशोध नभई न्याय प्रक्रिया सुरु गर्ने उद्देश्यले चालिएको उल्लेख गरेका छन् । ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार