२०८३ वैशाख १७ , बिहीबार 30, April 2026, Thursday

जेनजी आन्दोलन : के छ जाँचबुझ आयोगको प्रतिवेदनमा ? (पूर्णपाठ)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १२ गते बिहीबार

गौरीबहादुर कार्की नेतृत्वको भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बाहिरिएको छ । प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आइजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

प्रतिवेदनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । प्रतिवेदनमा चार सैनिक अधिकारीलाई पनि कारबाही गर्नुपर्ने उल्लेख छ । राजनीतिक र उच्च नेतृत्वलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको गरिएको छ ।

आयोगले नेपाल प्रहरी एआइजी सिद्धिविक्रम शाह, डीआइजी ओमबहादुर राना, काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी (हाल डीआइजी), उपत्यका प्रहरीका तत्कालीन एसएसपी दिपशमशेर जबरा र प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेललाई कारबाही सिफारिस गरेको छ ।

सशस्त्र प्रहरीतर्फ एआइजी नारायणदत्त पौडेल, डीआइजी सुरेशकुमार श्रेष्ठ र एसपी जीवन केसीलाई पनि कारबाही सिफारिस गरिएको छ । पौडेल तत्कालीन अपरेशन कमाण्डर थिए भने श्रेष्ठ सशस्त्र प्रहरीको काठमाडौं बाहिनीपति थिए । केसी विपद् उद्दार सिनामंगलमा कार्यरत थिए । सरकारले आधिकारिक रुपमा भने प्रतिवेदन सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार