नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । यसको असरका कारण देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल रहने सम्भावना छ । अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ ।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने सम्भावना छ ।
आज राति पनि देशका पहाडी र हिमाली क्षेत्रमा बादल रहने सम्भावना छ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । हिमाली क्षेत्रका केही स्थानमा हिमपात र चट्याङसहित वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ ।
त्यसैगरी कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा तथा अन्य पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
सत्यपाटी