२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

गौरीबहादुर कार्कीले भने, ‘प्रतिवेदन कार्यान्वयन भए देशको मुहार फेरिन्छ’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन २४ गते आइतबार

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाबारे जानविन गर्ने गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन ।

त्यसक्रममा आयोगका अध्यक्ष कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देखेको हो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए । ‘भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेका छौँ,’ उनले भने । सरकारको कुशासनको कारण भदौ २३ गते जेनजी आन्दोलन भएको उनले बताए ।

‘कुशासनका कारण यो घटना भएको छ । नियमनकारी निकायहरूलाई विकृत पारिएको छ । न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ,’ उनले भने, ‘न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ । यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ ।’

प्रकाशित मिति : २०८२ फागुन २४ गते आइतबार