महेश बस्नेतको किल्ला अर्थात भक्तपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजिव खत्री विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी महेश बस्नेतलाई भारी मतले हराउँदै खत्री विजयी भएका हुन् । भक्तपुर–२ महेश बस्नेतको किल्ला हो ।
उनले निर्वाचन हुनुअघिदेखि नै भक्तपुरमा एमाले बाहेक कसैले नजित्ने दाबी गरेका थिए । यतिसम्म कि बस्नेले आफ्नो जित निश्चित भएको र जितपछि बन्ने एमालेको सरकारमा आफू गृहमन्त्री हुने बताएका थिए । तर, राजिव खत्रीसँगको लज्जास्पद हारपछि बस्नेतको गृहमन्त्री बन्ने सपना चकनाचुर भएको छ ।
प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार
सत्यपाटी